Vaccine को बारेमा:

हुन त हामी, @shahrupa र म, सरकारको अधिकारिक प्रतिनिधि हैनौ तर पनि देश दुखेको बेला हामीले vaccine को निम्ति MoHP लाई October 2020 देखि सहयोग गर्ने कोसिश गर्दैछौ I Moderna को संस्थापक बब ल्यांगर संग Moderna को vaccine को निमित्त पहल गर्यौ ... 1/10
@thapa_sushil
... र MoHP र Moderna को संबाद गरायौ । ।

अहिले आएर Moderna ले नेपाललाई vaccine नबेच्ने भन्यो र COVAX मार्फत जाउ भन्यो।
दुइ महिना आगाडी मेरो प्रोफेसर नोबेल पुरस्कार बिजेता फिलिप शार्प मार्फत हामीले नेपाल सरकारलाई पहिलो पल्ट J&J (Johnson) संग जोडायौ I धेरै चरणमा कुरा भयो... 2/10
... तर आहिले आएर उनि हरु पनि COVAX मार्फत नै जाउ भन्दै छन्।

हाम्रो अन्तिम पहल आहिले अमेरिकन सरकारले आनुदान गर्न लागेको AstraZeneca को vaccine मा छ... 3/10
... Biden सरकार को क्याबिनेट सदश्य एरिक ल्यानडर, जो संग म उनि MIT मा हुदा काम गर्थे, मार्फत नेपाल लाई पनि अमेरिकन सरकारले आनुदान गर्न लागेको AstraZeneca को vaccine दिने सुची मा राख भनेर म र मेरो प्रोफेसर मिलेर आग्रह गरेका छौ... 4/10
... नेपाल सरकार, MoHP, अमेरिका स्थित नेपाली दुताबासको कोसिश पनि छदै छ I आशा छ, अमेरिकाले vaccine दिएको दिन नेपाल ले पनि पाउने छ।

रसियन र चाईनिज vaccine को पहल को बारेमा हामी अनभिज्ञ छौ... 5/10
... बिदेशी कम्पनीहरु लाई नेपाल जस्तो गरिब देशलाई vaccine बेच्न फाइदा छैन I उदाहरणको लागि Moderna ले vaccine बेच्दा देशको आर्थिक अवस्था हेरेर मूल्य निर्धारण गर्छ I नेपाललाई सिधै बेच्दा कम मूल्यमा बेच्नु पर्ने हुदा अहिलेको अवस्थामा धनि देशलाई बेच्ने कोशिश गर्छ कि त COVAX लाई...6/10
... यति बेला प्रधानमन्त्री आफैले सुटकेशमा पैसा लिएर गए पनि अमेरिकन कम्पनी संग vaccine किन्न पाईने अवस्था छैन I यो वली, प्रचण्ड, वा शेरबहादुरको सरकारको भन्दा पनि हाम्रो दसकौ देखिको अव्यवस्था, राजनैतिक र आर्थिक अराजकता, र अकर्मंडेताको उपज हो... 7/10
... तर हामी सबैले बुझ्नै पर्ने कुरा के हो भने, आहिलेको परिस्थितीमा पैसा भएर पनि, जति कोसिश गरे पनि, बिश्व बजारमा vaccine सर्बसुलव छैन... 8/10

@swarupbaba @SatishKTM @sagarb1996 @DahalTbd @sudheerktm @AmPyakuryal @thapa_sushil @AnupSubedee @docanup11 @smadixit @Bish_Bhandari
... जिम्मेवार तहले यस बेला झुटो आस्वासन दिनुको सट्टा प्रस्ट संग भन्नु पर्थ्यो कि - हामीले सबै तहबाट कोसिश गरिरहेका छौ, vaccine किन्नलाई सरकार संग पैसा पनि छ, तर बिश्व बजारमा vaccine उपलब्ध नै छैन I तेसैले यो लडाईमा हामी एक्लै छौ, हाम्रो साहारा हामी एक अर्का नेपाली नै हौ... 9/10
... लकडाउन धेरै लम्बिन पनि सक्छ I हाम्रो यौटै मात्र उपाए भनेको जनस्वास्थको नियमहरु कडा भन्दा कडाईका साथ पालना गर्नु नै हो... 10/10 🙏🙏🙏

@sargampharm @BShresrha @bheribas @salokya @mahatsujit @KoiralaBhagawan @drbhatta @neopane_arun @arajouria @lendaai
You can follow @DigbijayMahat.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: