कोरोना संक्रमण बढे सँगै विभिन्न जडिबुटी, घरेलू विधि, औषधि, खोप, उपचार पद्धतिको बहस सुरू भएको छ।यो संकटपूर्ण समयमा कुनै पनि गलत सुचना, भ्रमपूर्ण र वैज्ञानिक आधारहिन सल्लाह , वस्तु/वनस्पति/ उपचार प्रयोगले जनस्वास्थ्यको खेलवाड सँगै ज्यानै जान सक्ने संभावना हुन्छ ।
+++
जनमानसमा आधुनिक चिकित्सा,औषधि र उपचार पद्धति लगाएतका विषयमा कुनै संका/भ्रम नरहोस् र कुनै समस्या देखिएमा उपचार लिन कुनै हिच्किचाहट नरहोस् भनेर, कुनै औषधि/उपचार/खोप प्रयोगको अनुमति पूर्व गरिने अनुसन्धान/परिक्षण प्रकियाका बारे छोटकरीमा बुझाउने प्रयास गरेको छुँ।
+++
कुनै खोप/औषधि/उपचार बन्नु पूर्व रोगको प्रकृति,रोग लाग्ने कारण,रोग गराउने जीवाणु, संलग्न शरीरको अङ्ग/कोसीकाका बारे यथेष्ट अध्ययन र प्रमाणका आधारमा संभावित काम गर्न सक्ने रसायन/औषधिको पहिलो चरणको अध्ययन प्रयोगशालामा हुन्छ।काम गर्ने देखिएमा अर्को चरणको परिक्षण जनावरमा गरिन्छ।
+++
जनावरमा गरिएको परिक्षण सफल रहेमा उक्त औषधि/उपचारको मानवमा परिक्षण सुरू हुन्छ।जसलाई हामी क्लिनिकल ट्रायल (Clinic Trials) भन्ने गर्छौँ, जुन मुख्यतः चार चरण (Phases) मा हुने गर्छ- पहिलो,दोस्रो,तेस्रो र चौथो (Phases: I,II,III,IV).
+++
फोटो स्रोत : गूगल
पहिलो चरण(Phase I) : औषधि प्रयोग कति सुरक्षित छ? यसका अन्य असर (side effects) कति छन् र के के हुन्? कति मात्रामा प्रयोग गर्न सकिन्छ लगाएतका कुराको अध्ययन हुन्छ। यो अध्ययन सानो संख्यामा स्वस्थ र कुनै रोग नभएका स्वयंसेवकहरूमा गरिन्छ।
+++
दोस्रो चरण(Phase II): पहिलो चरणको अध्ययन सफल र उपयोगी देखिएमा अब उक्त औषधि/उपचारको प्रभावकारिता कस्तो छ? काम गर्छ या गर्दैन भनेर अध्ययन हुन्छ र सँगै सुरक्षित छ/छैन भनेर हेरिन्छ।यो अध्ययन केहि सानो संख्यामा स्वस्थ या रोग लागेका स्वयंसेवकमा गरिन्छ ।
+++
तेस्रो चरण(Phase III): यो चरणमा नयाँ परिक्षण हुँदै गरेको औषधि/उपचार अहिले उपलब्ध र प्रयोग भैरहेको भन्दा कति कम/धेरै/उस्तै उपयोगी छ भनेर हेरिन्छ। यो अध्ययन ठूलो संख्यामा रोग लागेका स्वयंसेवकमा गर्ने गरिन्छ।
+++
यस चरणमा सहभागीहरूलाई र्यान्डमाईज्ड (Randomized) गरि दुई समूह; एक नयाँ उपचार समूह(Treatment group) र अर्को कन्ट्रोल समूह(Control group) मा विभाजित गरि परिक्षण गरिन्छ।
फोटो स्रोत: विकिपीडिया
यसरी परिक्षण र अध्ययन बाट प्राप्त तथ्याङ्क, त्यसको वृस्तित अध्ययन र प्रमाणमा आधारित रहेर उपयोगी देखिएमा मात्र प्रयोग अनुमतिका लागि (FDA Approval) सिफारिश गरिन्छ।
+++
चौथो चरण (Phase IV): FDA ले प्रयोग अनुमति दिए सँगै उक्त औषधि/उपचारको लामो समय सम्म प्रयोगले हुन सक्ने संभावित विरलै(Rare) देखिने असरका बारे अध्ययन गरिन्छ।
कुनै पनि औषधि/उपचारको प्रयोग प्रभावकारिता घटेको,पहिले नदेखिएका/पत्ता नलागेका असरहरू देखिएमा कुनै पनि बेला
+++
प्रयोग अनुमति रद्द गर्ने र प्रयोग प्रतिबंधित गरिन्छ।
तसर्थ, अहिले उपलब्ध खोप, प्रयोग भैरहेका औषधि यस्तै अध्ययन प्रक्रिया पुर्याएर, वैज्ञानिक आधारहरूमा आधारित रहेका हुँदा संका नगरौँ।विज्ञानलाई विश्वास गरौँ ।
+++
अन्य घरेलू उपचार,आयुर्वेद र औषधिय वनस्पति एवं वैकल्पिक चिकित्साको आफ्नै महत्व छ।तर अहिले यो संक्रमणमा तिनका प्रभावकारिता पुष्टि गर्ने यथेष्ट वैज्ञानिक आधारहरू छैनन्।
र यो संकटको घडीमा तिनको बहस भन्दा मिलेर सुरक्षित उपचारमा लाग्दा महत्वपूर्ण र प्रभावकारि हुने छ।
+++
आधारहिन वस्तु/वनस्पति/उपचार विधि प्रयोग गरेर ज्यान जोखिममा नहालौँ। आफु र आफ्ना परिवारका सदस्यमा कुनै स्वास्थ्य समस्या देखिएमा चिकित्सकको परामर्श लिने र औषधि उपचार गराउने गरौँ ।
आफ्नो स्वास्थ्य र जनस्वास्थ्यमा खेलवाड नगरौँ।
आफु सुरक्षित बसौँ र अरूलाई पनि सुरक्षित राखौँ। 😊🙏🙏
You can follow @RishikeshRijal.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: