सीमा नाकामा लक्षण भएकालाई मात्र कोरोनाभाइरसको एन्टिजेन टेस्ट गर्ने र अरूलाई त्यसै छोड्ने सरकारी नीति, र त्यस्तो नीतिका टड्कारा समस्या अझै नदेख्ने, नलेख्ने, नबुझ्ने सञ्चार जगत र हामी नागरिकलाई यो लहरो 👇

१/
- यो भाइरसको संक्रमण भइसकेपछि लक्षण देखिन, वा लक्षण नभए पनि परीक्षणमा पोजिटिव देखिन, २ देखि १४ दिनसम्म लाग्न सक्छ। आज सीमामा प्रवेश गर्दा कुनै मान्छेलाई लक्षण रैनछ भनेपनि १ हप्तापछि उसलाई लक्षण देखिने वा लक्षण नदेखिए पनि सास फेर्दा भाइरस अरूलाई सर्ने संभावना हुन्छ।
२/
त्यसैले आज गरेको पिसिआर वा एन्टिजेन टेस्ट नेगेटिव भयो भन्दैमा उसबाट अरूलाई रोग सर्ने संभावना छैन भन्नै मिल्दैन। त्यसै कारणले नै आजभन्दा केही हज्जार वर्षअघिदेखि नै मान्छेहरूले संक्रमण हुनसक्ने क्षेत्रबाट आउनेलाई क्वारन्टिनको प्रचलन शुरु गरेका थिए।
३/
- कोरोनाभाइरसको संक्रमण भइसकेका (जाँच गरे पोजिटिव देखिने) व्यक्तिमै पनि फरक समुदायमा गरिएका विभिन्न अध्ययनले देखाए अनुसार एक तिहाइ देखि दुई तिहाइसम्म संक्रमितलाई शुरुदेखि अन्त्यसम्मै लक्षण पटक्कै नहुन सक्नेरहेछ (asymptomatic) यद्यपि तिनबाट रोग अरूलाई सर्न भने मजाले सक्नेरहेछ।
४/
लक्षण हुनेहरूमै पनि सबैभन्दा संक्रामक अवस्था चाहिं लक्षण शुरु हुनुभन्दा २४ घन्टा अगाडिको समय (presymptomatic) हुँदोरहेछ।
अर्थात् सीमामा अहिले लक्षण नै नभएका थुप्रै व्यक्ति यस्ता asymptomatic वा presymptomatic संक्रमित हुन सक्छन्, जसलाई परीक्षण गरेको भए पोजिटिव देखिन्थ्यो।

५/
तिनलाई परीक्षण नै नगरी निर्बाध प्रवेश गर्न दिंदा बाटोमै वा आफ्ना गाउँघर पुगेपछि तिनीहरूबाट सम्पूर्ण जिल्ला वा प्रदेशभर संक्रमण फैलिन सक्ने सम्भावना हुन्छ।

अब एन्टिजेन जाँचबारे टुच्च!
धेरै आँकडामा देखिसकिएको छ कि एन्टिजेन जाँच छिटो र प्राविधिक हिसाबले सजिलो भए पनि .....

६/
यसको संक्रमितहरू पहिचान गर्न सक्ने क्षमता सबै परिस्थितिलाई नियन्त्रण गरिएको प्रयोगात्मक परिवेशमा पनि ८०% भन्दा केही बढी मात्र छ, र त्यस्तो सबै मापदण्ड अक्षरशः पालना नहुने "रियल-वर्ल्ड सेटिङ" हरूमा यो जाँचले संक्रमितको ठूलो हिस्सालाई नेगेटिव देखाउन सक्छ।

७/
त्यसैले सीमानाकामा अहिल्यै पोजिटिव भएकालाई अरूबाट छुट्याएर राख्न त यसको प्रयोजन हुन्छ, तर कोभिडको जस्तै लक्षण भएकै कुन व्यक्ति चाहिं कोरोनाभाइरस-संक्रमित छैन र उसलाई निर्बाध घर जान दिए हुन्छ भनेर छुट्याउने मापदण्ड यसलाई बनाए ठूलो समस्या हुने निश्चित् छ।

८/
प्रश्नः अनि के गर्ने त?
उत्तरः सीमापारीबाट आउने सबैलाई क्वारन्टिन राख्नैपर्छ। बरु १४ दिन सकिंदैन भने ७ वा १० दिन मात्रै राखौं र त्यसपछि पिसिआर गरौं। यदि नेगेटिव पिसिआर आयो भने घर पठाउन / पुर्‍याउन सकिन्छ।

९/
प्रः कसरी गर्ने? मान्छेहरू नाका नभएका खुला सीमाबाट हुलका हुल भित्रिरहेका छन् त। फेरि लाखौंलाई क्वारन्टिन र पिसिआरको व्यवस्थापन त धेरै खर्चिलो हुन्छ नि।
उः क्वारन्टिनमा मान्छे आउने इन्सेन्टिव हुनुपर्‍यो। सफा, स्वस्थ्, सुरक्षित, र कमसेकम बस्न कष्टकर नहुने बनाउन सक्नुपर्‍यो।

१०/
क्वारन्टिन-व्यवस्थापन र पिसिआर जाँचको लागि अहिले केही अरब रु खर्च गर्न लोभ गरेर महामारी नियन्त्रणको लागि गर्नैपर्ने कामलाई अठोट र आँट नदेखाउनु भनेको लकडाउनलाई झन् अवश्यंभावी,लामो र कष्टपूर्ण बनाउने निश्चित गर्नु हो। पछि खरबौंमा त्यो अकर्मण्यता र लाछीपनाको मूल्य चुकाउनुपर्नेछ।
११
प्रः राज्यले गर्नैपर्ने तर नगरेको काम?
उः रोग सीमाभित्रै पनि फैलिरहेकै थियो/छ। यताका संक्रमितलाई अरू पनि सुरक्षित हुने गरी आइसोलेशनमा राख्ने, तिनको राम्रोसँग कन्ट्याक्ट ट्रेसिङ गर्ने, त्यसरी सम्पर्कमा आएको पत्ता लागेकालाई पनि क्वारन्टिन र निःशुल्क पिसिआरको व्यवस्था गर्ने।
१२/
अरु नयाँ र सायद थप चुनौतिपूर्ण भेरिएन्टका उभार आउने छन् नै। तिनको तयारीको लागि पनि यति आधारभूत काम गर्न सक्ने जनस्वास्थ्य संयन्त्र त बनाउनै पर्नेछ।
अहिले राज्यले सिमामा र सिमाभित्र यहाँ भनेजति मात्र गर्नुको महत्व बुझिदिए महामारी अनियन्त्रित रुपमा बढ्न पाउने थिएन।

१३/
प्रः महामारीले एक वर्षमा सिकाएका सबैभन्दा मुख्य पाठ पनि सरकारका विज्ञलाई थाहा छैन र? यहाँ लेखिरहनुपर्छ?
उः
क्यार्नु तानि!
मुखले जेसुकै बोले पनि कामले केही लछारपाटो नलाउने देखेपछि, सरकारको एक मात्र भित्री योजना सारमा यो कार्टुनकै जस्तो मात्र देखेपछि, नबोली बस्न नसकिने क्या!

१४/१४
माथिको गजबको कार्टून @rabimishra ले बनाउनुभएको हो, र हिजोको @NAYA_PATRIKA मा छापिएको हो।
You can follow @AnupSubedee.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: