दशैंबारे मेराे छिमेकी काकाकाे पनि अाफ्नै बुझाई छ।भन्नुहुन्छ-पृथ्वीनारायण शाह नेपाल एकिकरणताका युद्धकाे बेला अाफ्ना सेनाहरुलाई ठूलठूला राँगा-भैंसी ढालेर मासु खुवाउँथे।किनभने सानातिना खसी,बाख्राले त्यत्राे सेनाहरुलाई भाग पुग्दैनथ्याे।युद्ध लड्न तागत चाहिन्थ्याे,तागतिलाे चीज भनेकाे+
+राँगा,भैसीकाे मासु र सुरुवा नै थियाे अनि सेनाहरुकाे मनाेबल बढाउन त्यही काटेकाे राँगा,भैसीकाे रगतकाे टीका लगाईदिन्थे।(चामल मुछेर लाउने चलन त पछिबाट चलेकाे हाे)।राज्यविजय गर्दा पनि हर्षबढाई गर्दै त्यसरी नै राँगा,भैंसी ढालेर मासु खुवाउथे र उनीहरुमा राैद्र रस भर्न रगतकाे टीका लगाई+
+दिन्थे।युद्धकालभरि यही चलन चल्याे।पृथ्वी पछिका राजाहरुले पनि यसैलाई निरन्तरता दिए।पछि युद्ध सकिएपछि र सिंगाे नेपाल शाहहरुकाे अधीनमा अाएपछि उनीहरुले पुरै नेपालभरि असाेज(युद्ध सकेकाे महिना)मा सबैले राताे टीका लाउनुपर्ने,हातहतियारकाे पूजा गर्नुपर्ने,मार हानेर मासु खानुपर्ने उर्दी+
+जारी गरे।यसरी राज्यकाे बल लाएर दशैंलाई संस्थागत गरियाे।देवीले महिषासुरलाई मारेर वा रामले रावणलाई मारेर दशैं मनाउन थालिएकाे भन्ने कुरा त वाहियात हाे।त्याे रामायण टेलिसिरियल हेरेर उताकाे भाष्य बाेकेकाे हाे।दशैंकाे ईतिहास पृथ्वीनारायण भन्दा अघि जादैन।दशैंकाे सबै विधि शक्तिकाे पूजा,
+हातहतियारकाे पूजा,राँगा,खसी बलि दिने वा भाेग चढाउने सबै युद्धसँग गाँसिएकाे छ।अत्यधिक मासुभक्षण पनि युद्धसँगै गाँसिएकाे छ।युद्ध लड्न सेनालाई अवश्यक तागत र राैद्र रस मासुभक्षणबाट प्राप्त हुन्थ्याे।मासुभक्षण गर्ने मान्छेहरु शाकाहारी मानिसहरुभन्दा अाक्रमक र क्राेधी हुने त वैज्ञानिक+
+शाेधहरुले पनि प्रमाणित गरिसकेकाे छ।
दशैंकाे बारेमा सबैकै अाअाफ्ना भाष्य छन्। काकाकाे भर्सन पनि तर्कपूर्ण सुनिन्छ। बहुसाँस्कृतिक समाजमा विचारकाे विविधता हुन्छ नै।
#दशैंविमर्श
दशैंकाे बारेमा सबैकै अाअाफ्ना भाष्य छन्। काकाकाे भर्सन पनि तर्कपूर्ण सुनिन्छ। बहुसाँस्कृतिक समाजमा विचारकाे विविधता हुन्छ नै।
#दशैंविमर्श