बागलुङ बाट एउटी आमा ले कल गर्नुहुन्छ महिना मा एकचोटि जसो ।
पोखरा हुँदा एकचोटि, टाउको अलि अलि घुमाको छ, बाग्लुङ बाट आउदा ढिलो भो भनेर ५ बजे OPD बाहिर बसिरहनु भएको भेटे मैले । OPD समय सकेर अस्पताल खालि भएसि हामि २\३ जना सँधै जसो तेतै पढ्न बस्थेम । +
OPD को ढोका खोलेर म चिया खान निस्किदा,
" डाक्टर साव मलाई जचाउन पर्ने टिकट काट्न पनि भ्याइन" भन्नु भो
म :आमा अस्पताल त बन्द भो, धेरै समस्या नभए भोलि आउनु है, हामि त पढ्न बसेका डाक्टर हौँ ।
आमा :डाक्टर त होनि बाबु जाँच्दिनु न , मेरो पोखरा मा बस्ने ठाउँ छैन, नाति संग आको। +
आमा : टाउको फन्को हानेको जस्तो मात्र भैच्च, तपाईँले हेरेपनि पुग्छ ।
म : गार्है भए त emergency जान पर्छ आमा ।
आमा : हैन गाह्रो छैन यसो देखाउन आको।
आमालाई एउटा कुर्सी मा राखेर, नाडि छामे , पुरानो कागज केही नबोकि आउनुभएको आमा को मुटु को चाल मा गडबड देखियो । +
आफूसँग धड्कन सुन्न स्थेथ नभएको हुँदा आमालाई Emergency पुर्याएर जाँच सुरु गरे । सबै जाँच गरि हेर्दा AF with FVR हो भन्ने मात्र थाह भयो र भर्ना गर्नुपर्ने देखियो । आमा को नाति को भरमा भर्ना गर्न नमिल्ने हुँदा, त्यो समय मेरो आफ्नो जिम्मा भनेर भर्ना नि गरियो । +
बुडि आमाको फोनबाट नम्बर खोजेर आफन्त बोलाउन कति सास्ती भो भन्ने कुरा त के गर्नु। जसो तसो खबर पुराएर, औषधि आँफै किनिदिएर कोठा तिर गए ।
बेलुका मन ले मानेन र को आफन्त आएछन् भनेर अस्पताल हेर्न गए । गएर बोल्दा राम्रो संगै बोलेको आमा, बोल्दा बोल्दै बेहोस । मुटु को चाल बन्द । +
३० सेकेन्ड नि नलगाई छाती थिच्दै ICU सार्न लागियो । आमाको भाग्य बलियो, धेरै समय नलगाई फेरि होसमा आउनुभयो । घरबाट मान्छे नआई त्यो सब हुदा मेरो मुटुले ठाउँ छोडिसकेथ्यो । ICU पुगे पछि सब ठीकै हुँदै गयो । +
आमा लाई सबैले तपाईलाई बचाउने यो डाक्टर हुन भनेर कान फुक्देछन्। बुढि आमालाई फोन नम्बर दिन करै लायो मलाई । पछि मेरो नम्बर चेन्ज भो
६ महिना पछि आमा फेरि गङ्गालाल मा अप्रेशन कोठामा एक्कासि भेटिनु भाथ्यो। बेहोस बनाउने औषधि दिन लाग्दा मलाई देखेर दङ्ग आमा । खुसी यहि त हो । +
मुटु को भल्भ फेर्ने र खुट्टा बाट नसा झिकेर हाल्ने ठूलो शल्यक्रिया थियो। आमाको लागि त्यो दिन नि प्रार्थना गरे, गर्नु मेरो कर्तव्य थियो, आमाले पोखरा मा बाँचिदिएर ठूलो गुन लाउनु भएको हो । शल्यक्रिया सफल भो हप्ता दिनमा आमा पहिले जस्तै हसिलि । घर जानु अघि आमाले चकलेट दिनुभयो +
बाबुलाई लड्डु दिने भनेको लड्डु नै सबै सकियो, बुढिआमा ले माया गरेर, म फेरि नया फोन नम्बर नि दिन बाध्य भए ।
आमा काठमाडौंको माटो टेक्ने बित्तिकै मलाई सम्झनुहुन्छ,आज छिमेकको हातमा अति मीठो कुराउनि पठाएर फोन गर्नुभयो। ३ महिना देखि बेरोजगार पढेर बसेको मेरो सबै भन्दा ठूलो कमाई एहि हो।
You can follow @ssandeeip.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: