MBBSफाइनल परिक्षामा रुपा(रुम पार्टनर)राती१२बजे सम्म पढ्ने अनि ३ बजे उठ्ने,आफु फेरी निन्द्राको भोको१०बजे सुत्ने अनि३बजे उठ्ने १०मिनेट पढेर फेरी सुत्ने,मलाई हेरेर हस्थ्यो सधै किन उठ्न पर्यो सुत भन्थ्यो अनि म६बजे उठ्थे|रुपालाइ बिहान नुहाउ नै पर्ने म चाई नुहाए पढेको सब पखालिन्छ भन्ने
अर्को नमुना थियो हाम्रो ग्रुपमा 1st yrको परिक्षामा लगाएको ड्रेसको सेट ( इनर देखि सबै ) सधै परिक्षामा तेही लगायो ५ बर्ष नै कारण पहिलो बर्षको परिक्षा त्यो कपडा लागको हुनाले राम्रो भयो भनेर | त्यो पुरै सेट परिक्षामा बाहेक लगाएन होला सधै एकदम जतन गरेर राख्थ्यो
अनि अर्को नमुना थियो बसमा पढ्ने :P लगभग २० मिनेट लाग्थ्यो होस्टेलबाट कलेज पुग्न अनि कलेज बसमा सब पढ्ने म चाई लास्ट सिटमा बसेर हावा खान्थे सकेको फ्रेस हुन् खोज्थे | त्यो नमुनाले बसमा जे पढ्थ्यो जांचमा आउथ्यो आउथ्यो ५ वर्ष सम्मै आयो|कलेज पुगे पछि सोध्थे अनि खरर हेर्थेउ हामी किताबमा
अनि आउछ मेरा दुइ अनमोल रतन,जति बेला नि जँहा नि दारु खान भने पछि रेडी :P भोलि परिक्षा छ अब पढेर बाँकि सकिन्न भन्ने भए पछि एसो रुममा गयो जाऊ हिंड दारु खान भने नाइँ नास्ती केहि न भन्ने थपक्क उठ्ने अनि कहाँ जाने भन्ने :) फाइनलमा एक पल्ट र इन्टरनलमा धेरै परिक्षा ह्यांगमा दिइयो :D
अनि अर्को थियो फाइनल नमुना ग्रुपको :P आफुले पढ्ने जति पढ्ने अनि लास्ट दिनमा अरुले के पढे छ भन्दै हिड्ने :) लास्ट दिनको रिभिजन उसको अरुले के पढेको छ तेस्को भरमा हुन्थ्यो भोलि पल्ट नि बसको साइडमा जो बस्यो उसकै नोट पढ्ने अनि एक पल्ट हेरे पछि जसको हो तेस्लाई भन्दा बढी उसलाई आउने :D
MBBSकै अन्तिम परिक्षाको अघिल्लो दिन दाइसंग(दाइ KU\पढेको म चैTU)यो चै जसरि नि पढ भन्यो उताको हिट रैछ एसो सिलेबस हेरे हाम्रोमा टपिक नै छैन पढ्न मन छैन भने|फोन राखे पछि के चाई रैछ भनेर डेभिडसन पल्टाएर हेरें,पढेको अरुलाइ सुनाए|भोली परिक्षाको पहिलो प्रस्न तेइ १० मार्क्समा #TUFucks
हेरक बर्षको अन्तिम परिक्षा ताका यो सिरिज हेर्ने भुत प्रायलाइ चद्थ्यो :D हाम्रो ग्रुप नि अक्षुतो हुने कुरै भएन दिनमा ध्यान दिएर ४/५ घण्टा पढिन्थ्यो भने तेती नै समय ध्यान दिएर ताइ नतुईको सिरिज नि हेरिन्थ्यो | Wrong Turn को पुरै भाग यस्तै परिक्षाको बेला हेरेर सकियो
होस्टेल लाइफको बिर्सिनै नसकिने भनेको तास नि हो :) अहिले नि नाम सुन्दै आँखा र कान ठाडा हुन्छन :P २४ घण्टा नसुति नि खेलियो , झ्याप भएर हातमा के पत्ती छ थाहा नहुने गरि नि खेलियो | रु १०० बोट ओपन फलास त फेमस अनि अड्डा चाई मेरो रुम :Dरुपा फेरी नखेल्ने सुत्नलाइ अर्को रुममा पठाउन पर्ने
कलेजमा फेरी म सोझो हल्का पढेको जस्तो गर्ने क्लास हत्तपत्त बंक नगर्ने अनि पढाई सम्बन्धि केहि परे कि अघि सरेर बोल्ने मै विद्यार्थीको नाइके होस्टलमा फेरी उल्टो जे को नि अड्डा मेरै रुम जी,चु,तास,ग्लास सबैको राम्रो जोरजाम कसैलाइ चाहिए सम्पर्क मेरै, कलेजको इमेजले वार्डेनबाट सधै बचायो
मेडिकल कलेजको अर्को रोचक ठाउँ भनेको लाइबेरी हो :Dपढ्न भनेर क्लास बंक हानेर लाइबेरी जानेहरुको ठुलै जमात हन्छ|सबै पढ्न जाने होइनन. कोहि जोडी प्राइभेसी खोज्दै नि जन्छन् केटा र केटिको होस्टेल फरक भेट्ने भनेको कलेजमा,क्लासमा मिलेन अनि कहाँ भन्दा लाइबेरीको कुनाको सिट सधै जसो बुक हुने
अर्को रमाइलो भनेको जोडीहरु हुन् सबै ब्याचमा दुइ/तिन जोडी हुन्छन नै अनि यो सब जुनिएर सिनिएर प्रोफेसरको नजरमा हुन्छन यति मात्र होइन क्यान्टिन देखि कलेज/होस्टेलको चोक सम्म नि यिनलाई जोडीको रुपमा नचिन्ने नजिकका पसलेसम्म पनि हुन्नन् होला अनि इन्टर्नसिप सकिए पछि यो जोडी नि सकिन्छ |
इन्टर ब्याच जोडीहरु :) यो कहिले बने कसैलाइ थाहा हुँदैन जब थाहा हुन्छ चर्चा व्यापक भइ सकेको हुन्छ|यस्ता हरेक जोडी दाजु बहिनिको रिलेसनबाट नोट माग्दै यो सिकाईदिनुन भन्दै सुरु हुन्छ|नया ब्याच आउने बित्तिकै अलि राम्री चै को छे भन्ने नजर प्राय सबै सिनियरको हुन्छ आफु जति सुकै घास भए पनि
अनि आउछ प्रोफेसर र प्रशासनका प्यारा दुलारहरु :Dहरेक ब्याचमा २/३जना हुन्छन नै|यिनको काम यताको उता गर्ने हो जोडीका/बंकका ब्याचको झगडाको/होस्टेलमा रैलाको कुरा सबै उता पुराउने|विद्यार्थीको केहि कुरा भए चर्को आवाज यिनकै हुन्छ अनि पछि लुसुक्क पर्नेमा अघि नि यिनै हुन्छन ब्याचका धमिराहरु
हरेक मे.कमा एउटा लेक्चरर हुन्छ उ टिचर कम दाइ बढी हुन्छ :) विद्यार्थीको रुम रुममा जी खोज्दै हुन्छ केटा हो छ भन्दै ?अड्डामा संगै चि चु खाई रहेको हुन्छ , राती राती झ्याप भएर रैला गर्दै डिपार्टमेन्ट हेडलाइ गाली गर्दै हुन्छ, तेरो ब्याचको यो संग एसो कुरा चलाईदेन भन्दै इसारा दिंदै हुन्छ
मे.कमा सबै हावा मात्र हुदैनन :Dकोहि हुन्छन पढेको पढेइ गर्ने यिनीहरु जन्मे कै पढ्न गफ नि पढाई कै, कलेज पछि पनि लेक्चरर नभए सिनिएरको पछि लाग्ने पढ्न|कतै बाहिर कोक खाएर आए मात्र भने पनि क्या मजा गरियो आज भन्ने टाइपका :P थेउरी सब आउने बिरामी अघि परे हावा फुस्किनेहरु यिनै हुन् |
मे.कमा पढ्ने तरिकाहरु
१.लाइबेरीका भोकाहरु बस चले २४ घण्टा तेतै
२.होस्टेलको रुम मै घोकेर पढ्नेहरु यिनीहरु संग किताब भन्दा नोट धेरै हुन्छ
३.गाइडबुक पढ्नेहरु यिनले किताब किन्न भनेर घरबाट मगाएको पैसा दारु किनेर सक्छन
४.हिंडेर नोट घोक्नेहरु ताल परे एक दिन मै १०० कि मि हिंडछन् होला
५ वर्षको प्रगती रुपालाई चेन्ज गराइयो :) म्यारिजको लत बस्यो, कोकको ठाउँमा एक बोत्तल चिसो गोर्खा भन्न थाल्यो इन्टर्नसीपमा| केटी भने पछि ४ बित्ता भाग्थ्यो आफ्नै ब्याचको क्रसलाइ प्रपोज गराइयो र इन्टर्नसीपमा प्रेम फैलियो पनि अहिले ४ बर्ष भो रिलेसनसीपको अर्को बर्ष बिहे नि खाने हो :)
हरेक जस्तो ब्याच भर्ना हुँदा १००भए निस्किंदा ७५-८०जना भएको हुन्छ :( १-२ले यो संसार नै छोडेको हुन्छ :( ४-५ले बीचमै पढाई छाडेका हुन्छन| हरेक जस्तो यिएरको फाइनल परिक्षामा२-४जना अड्के कै हुन्छन् अनि कोहि चाई सबै ब्याच पास भएर निस्किंदा सम्म पनि ५औ वर्षको परिक्षा मै अड्केको हुन्छन् :(
सबै भन्दा धोका पाइने ठाउँ भनेको मेस हो :Pसुरुको २-३दिन मिष्ठान्न पक्छ घरको खाँदा वाक्क भएर होला स्वाद फेरिंदा ठिकै पनि लाग्छ तेसपछि मेसमा तेस्तो खाना कहिले बन्दैन|मेनु होटेलको झैँ हुन्छ अनि स्वाद आफुले पकाए भन्दा नि झुर,आमाको हातको स्वाद सधै सम्झाउछ बरु गुन्द्रुक कै झोल किन नहोस
घरबाट फोन आउने टाइम भनेको चै सधै झ्याप भए कै बेला हुन्छ :D पुरा होहल्ला एकै छिनमा शान्त हुन्छ अनि छोरो पनि सोझो हुन्छ हस हजुर भन्दै टाउको हल्लाउदै :)यो चै आफ्नो घरबाट आए है साथीलाइ आयो भने चै पढेको बेला नि चर्को स्वरमा अर्को एक बोत्तल मगाउ/साले चुरोट निभा सर्ट जली सक्यो भनिन्थ्यो
Raggingको बारे नबोले त अन्याय नै हुन्छ।म चै जग बसाल्ने ब्याच,आफै सुरु गरियो introductionशुध्द नेपालीमा anatomical positionमा,जीरोमा कपाल अनी फुलबुट्टे रिबनमा दुइ चुल्ठी,सीनियर देख्यो की जंहा होस सलाम सिर झुकाएर,राती सबलाइ लाइन लगाएर नाच गान।ब्याचकै केटी साथीहरुको उग्ररूपको दर्सन
नराम्रो मात्र होइन राम्रो काम नि हुन्छ मे.कमा,परिक्षाको बेला जुन ब्याचको परिक्षा हो त्यो ब्यचकोले खान/खाजामा लाइन लग्न पर्दैन सिनिएरले छोडदिन्छ पालो,आन्दोलन भए खाजा खानाको ब्यवास्था सिनिएरको हुन्छ, घर जाने बेला गाडी खोज्ने सिनिएरको काम हो,बिरामी परे आफ्नै भाइ जसरी केर नि गर्छन :)
इंटर्नसीप नि गजबको हुन्छhttps://abs.twimg.com/emoji/v2/... draggable="false" alt="🤣" title="Lachend auf dem Boden rollen" aria-label="Emoji: Lachend auf dem Boden rollen">पेलिने काम हाम्रो,जसMOको गल्ती भए कंसल्टेंटको गाली हामी तिरै सोझाउने।डॉट पेन एकै दिनमा सकिन्छ डिस्चार्ज र एड्मिसन फार्म भरेर।ग्र्यान्ड राउंड अर्को टाउको दुखाई24घण्टे डयूटी थकान जूनियर देखी कंसल्टेंटसम्मको अघिpresentationपछि बिरामीको अघि पब्लिक बिल्लाhttps://abs.twimg.com/emoji/v2/... draggable="false" alt="😂" title="Gesicht mit Freudentränen" aria-label="Emoji: Gesicht mit Freudentränen">https://abs.twimg.com/emoji/v2/... draggable="false" alt="😫" title="Müdes Gesicht" aria-label="Emoji: Müdes Gesicht">
You can follow @Doctorhouse90Dr.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: