मानसिक रोगसँग सम्बन्धित केही भ्रम तथा तथ्यहरु..........थ्रेड पढेर प्रतिकृया दिनुहोला
मानसिक रोग भन्नु र सुस्त-मनस्थिती भन्नु एकै हो ....

यि कुरा नितान्त फरक हुन्,
यधपी सुस्त-मनस्थिती मानसिक रोगको एक प्रकार हुनसक्छ
सबै मानसिक रोग एकै हुन्.....
सबै मानसिक रोग एकै होइनन्,

कम्ती मा १०० प्रकारका मानसिक रोग हुन्छन्
सबै मानसिक रोग पागलपनका रोग हुन्...............
Sorry..

सबै मानसिक रोग पागलपनका रोग होइनन्,
कुनै रोगमा,जस्तै: साइकोसिसमा यस्ता समस्या हुन सक्छन्,
तर त्यो पनि राम्रोसँग उपचार गर्दा ठीक हुन सक्छ
मानसिक रोगहरु औसधी गरे पनि पूर्ण निको हुँदैनन्.....
होइन !!!

समयमा नै उपचार गरेमा धेरैजसो मानसिक रोग ठीक पनि हुन्छ ।
अरु खालका रोगलाई जस्तै नियन्त्रणमा राख्न सकिन्छ .....
मानसिक रोगमा प्रयोग हुने औषधी बानी लाग्छ र जीवनभर खानुपर्ने हुन्छ !!!!

सबै औसधी बानीपर्ने खालका हुँदैनन।
कुनै-कुनै औसधी लामो समय खादा बानी पर्छ,
तर त्यस्तो औषधी प्राय नियमित चलाइदैन .......
मनोरोगीहरु हिंसात्मक हुन्छन् ...................

सबै मनोरोगी हिंसात्मक हुँदैनन्, कुनै-कुनै रोगमा हुनसक्छ ..
मानसिक रोग भुत्-प्रेत, पिसाच, दैबी-श्राप, बोक्सीको बिगार लागेर हुन्छ !!!

मानसिक रोग दिमागमा रसायनको गड्बडीको कारणले लाग्दछ,

माथि का कारण सर्बथा होइनन् !!!!
मानसिक रोगीलाई उपचार गर्ने मान्छे नै आँफै उस्तै हुँदा हुन .....
!!!!

सर्बथा अनुचित सोचाइ त्यस्तो केही होइन ....
बच्चाहरुमा मानसिक समस्या हुँदैन............!!!

हुन सक्छ .....ADHD, CD, IDD, Learning disorder and many more
मानसिक रोग हुनु भनेको क्यारेक्टर खराब हुनु हो !!!!!!!!!!!

हैन, मानसिक रोगको कारण र प्रस्तुती फरक-फरक हुन्छ, यो भनेको क्यारेक्टर खराब हुनु हैन
मानसिक रोग एकदम कम हुन्छ ............

हैन, एकदम common हुन्छ
You can follow @docspadhikari.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: