मैले नबुझेको कुरो नेपाल, भारतमा इज्जत भनेको महिलाको मात्र हुँदो रहेछ कि के हो? महिलाले छोटो लुगा लगाए इज्जत जाने, पुरुषले जे लाए पनि हुने; महिला व्यभिचारी भए इज्जत जाने पुरुष व्यभिचारी भए त्यति धेरै नराम्रो नमानिने .. यसको मतलब नेपाल तिर पुरुषको इज्जत हुँदै नहुने भएर हो कि के हो?
यो पुरुषप्रधान समाजमा महिला प्रतिको व्यवहार मात्र संकुचित हुन्छ ... यसमा महिला वर्ग नै पनि महिला कै विरुद्ध छन ... अझ मोबाइलमा सनी लियोनीको भिडियो डाउनलोड गरेर हिंड्ने पुरुषहरु नारी अस्मिताको कुरा गर्छन ...
महिलाले अङ्ग प्रदर्शन गर्नु नराम्रो मानिने हो भने महिलालाई अङ्ग प्रदर्शन गर्न प्रोत्साहित गर्ने पनि पुरुषहरु नै हुन .... तिर्सना बुढाथोकीदेखि ज्योति मगरको विरोध गर्ने पुरुषहरु नै उनीहरुको कार्यक्रमहरुमा सिटी र तालि बजाउँछन ...
महिलाको आचरण व्यभिचारी भयो भन्ने हो भने त्यसमा पुरुषको पनि त त्यत्तिकै सहभागिता हुन्छ ... परम्परागत रुपमा नेपाली जनजातिहरुमा महिला र पुरुषबीच त्यति भेदभाव भएको पाइन्न तर बाहुन छेत्रीको प्रभावले अहिले जनजातिमा पनि महिला माथि पुरुषको दबाव बढ्न थालेको छ
हुन त अमेरिका जस्तो विकसित मुलुकहरुमा त महिलाहरु आफ्नो हकका लागि अझै संषर्षरत छन भने नेपालको त के कुरा
अन्तत: कुरा के हो भने संसारका जुन कुनामा गए पनि it& #39;s a man& #39;s world .... महिला जति नै प्रताडित भए पनि दोष महिला कै ... यस्तै छ यहाँको चलन
अन्तत: कुरा के हो भने संसारका जुन कुनामा गए पनि it& #39;s a man& #39;s world .... महिला जति नै प्रताडित भए पनि दोष महिला कै ... यस्तै छ यहाँको चलन
मेरा कुरा सुनेर धेरैले मलाई फेमिनिस्ट भन्छन तर म फेमिनिस्ट हैन ..my apologies to my feminist friends... म केवल equality and justice को पक्षमा रहने कोशिश गर्दछु