म कार्यरत टोखा नगरपालिका उपत्यकाभित्रको "कोभिड हटस्पट" मध्यको एक हो। हिजो साँझसम्म नगरपालिकाको संयन्त्र अनुसार १०९ जना संक्रमितहरु यस नगरपालिकामा पुगेका छन्। नगर स्वास्थ शाखाले कन्ट्याक्ट् ट्रेसिङमा राम्रो काम गरेकाले पनि संंक्रमित बढी फेला परेको हो।
महानगर वरपरका अन्य नगरको तुलनामा उल्लेख्य संख्यामा करिब १५००+ हाराहारीमा PCR जाँच भएको छ। औसतमा प्रती संक्रमित १०-१५ जनाको ट्रेसिङ्। PCR को रिपोर्ट आउन २-३ दिन लाग्ने (अझ पहिले त झन धेरै) भएकाले बरु नागरिकको तहमा अलिक असावधानी अपनाएको पाइएको छ ।
तर स्थानीय तहले गर्नुपर्ने कन्ट्याक्ट् ट्रेसिङ्ग, स्वाब कलेक्सन, रिपोर्ट आएपश्चात होम वा संस्थागत आइसोलेशनको व्यवस्था आदि काम राम्रै संयोजन भइरहेको छ।
स्थानीय तह चुस्त हुने हो भने ट्रेसिङ्गको काम चाहिँ फत्ते हुने रहेछ।
स्थानीय तह चुस्त हुने हो भने ट्रेसिङ्गको काम चाहिँ फत्ते हुने रहेछ।
हरेक दिन १०-१५ जनाको संक्रमण पुष्टि हुन थालेपछि र आइसोलेसन बेडको अभाव भएपछि म कार्यरत टोखा प्रास्वाके लाई "आईशोलेसन केन्द्र"मा परिणत गरिएको छ।
यही भवनबाट दिँदै आइरहेको २४ घण्टे आकस्मिक, पुर्व प्रसुती र प्रसुती सेवा पनि नरोकी आइसोलेसन संचालन गर्ने जनप्रतिनिधिको जिद्दी अस्वीकार गर्यौं। जोखिम बढी हुने कुरा बुझाएपछि बाँकी सेवा अन्यत्र सारेर सो भवनमा आईसोलेशनमात्रै सन्चालन गरिरहेका छौं, ३ दिनदेखि।
संक्रमितहरुलाई थर्मोमिटर, पल्स अक्सिमिटर आदि दिएर वहाँहरुलाई नै सिकाएर दिनको तीनपटक "भाईटलस" जाँच गरिरहेका छौं। जोखिम न्यूनीकरणको कुरा बुझाएपछि संक्रमितहरु पनि खुसी खुसी त्यसो गरिरहनुभएको छ। अन्यथा मान्नुभएको छैन, चिकित्सक/स्वास्थकर्मी नै आउनुपर्दैन भनेर भन्नुभएको छ।