सामान्यतया रजस्वला हुँदा पर बस्नु भनिन्छ । यो पिरियडमा दिएको छुट्टी(Menstrual leave) हो। महिलाको शरीरबाट रगत बग्दा उनी कमजोर हुने भएकाले आराम का लागि दिइएको छुट्टी हो ।प्राचीन संस्कारको संस्कृति पछाडिको ज्ञान हेर्ने गरौं।+
पिरियडमा तिमी कोहि एक भन्दा अपवित्र हुदैनौ। मन्दिर भन्दा पवित्र हुन्छौ। संवेदनशील (sensitive) हुन्छौ ।पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन। मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो।+
पिरियडमा मन्दिर निराहार, निर्जल भएर जाँदा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनियो। कालान्तरमा यो निषेध (Taboo) को रुपमा बुझियो।
भारतमा कामाख्या मातालाई नै पिरियड हुन्छ। हिन्दु समाजमा नारीलाई देवीको रुपमा मानिएको छ।+
भारतमा कामाख्या मातालाई नै पिरियड हुन्छ। हिन्दु समाजमा नारीलाई देवीको रुपमा मानिएको छ।+
हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बुझेर मात्र प्रश्न गर्दा राम्रो हो।+
नेपाली समुदाय बिच सम्म लोकप्रिय संसारको सर्वोच्च कोमारी तिर्थ कामाख्या अम्बुवाची पर्वको एक रोचक प्रसङ्ग छ-+
जब अम्बुवाची पर्व सुरु हुन्छ रजस्वला /रजोधर्म सुरु भए सगै भगवतीको गर्भगृहको द्वार तीन दिन आफैं बन्द हुन्छ भनेर कामाख्या शोधार्थी मुर्धन्य विद्धान दिवाकर शर्माले आफ्नो शोधपत्रमा उल्लेख गरेको छन्। चौथो दिन हर्षोउल्लासका साथ मन्दिरको द्वार खोलिन्छ भक्तजनको मेला लाग्दछ ।
प्रतिकात्मक रूपमा तीन दिन मन्दिर बन्द हुनु भगवती अपवित्र हुनु हैनकी भगवती संवेदनशिल थप कोमल र पवित्र हुने भक्तजनले भगवतीको पवित्रता कोमलता ग्रहण गर्न नसक्ने भएर हो।
अर्थात् रजस्वला हुँदा नारीलाई मन्दिर प्रवेश निषेध अपवित्र अशुद्ध भएर होइन।
अर्थात् रजस्वला हुँदा नारीलाई मन्दिर प्रवेश निषेध अपवित्र अशुद्ध भएर होइन।
अर्को प्रश्न गुप्तवास, एकान्तवास, पर- बस्ने व्यवस्था किन गरियो भन्ने उठेको छ।
रजस्वला /रजोधर्म भएकी नारी लाई संस्कृतमा पुष्पिणी /पुष्पहासा (पुष्प जस्तै कोमल ) ,स्त्रीधर्मिणी (धर्म धारण गरेकी स्त्री) भनिन्छ ।
गुप्तबास नारीलाई नारी शक्तिको आत्मबोधको अवसर हो ।+
रजस्वला /रजोधर्म भएकी नारी लाई संस्कृतमा पुष्पिणी /पुष्पहासा (पुष्प जस्तै कोमल ) ,स्त्रीधर्मिणी (धर्म धारण गरेकी स्त्री) भनिन्छ ।
गुप्तबास नारीलाई नारी शक्तिको आत्मबोधको अवसर हो ।+
आत्मसाक्षात्कारको अवसर हो। भगवान् महावीरको उपवास होस् वा ऋषिमुनिको वनवास होस् बुद्धको वनवास- अध्यात्मिक रुपमा गुप्तवासले विशेष अर्थ राख्दछ।
सधैंभरि घरको धन्दामा व्यस्त हुने नारी लाई सनातन धर्ममा मासिक रूपमा आत्मसाक्षात्कार, आत्मबोध, आत्मचिन्तनको समयावधि व्यवस्था गरिएको थियो+
सधैंभरि घरको धन्दामा व्यस्त हुने नारी लाई सनातन धर्ममा मासिक रूपमा आत्मसाक्षात्कार, आत्मबोध, आत्मचिन्तनको समयावधि व्यवस्था गरिएको थियो+
यसैलाई गलत रूपमा प्रयोग गरेर गोठमा राख्ने घरबाहिर राख्ने गरियो जसको दोस सनातन धर्म/अभ्यासलाई दिन मिल्दैन। नेपालको शैक्षिक, आर्थिक, सामाजिक अवस्था जिम्मेवार छ।
अर्को प्रश्न - रजस्वला गर्दा किन पुरुषसँगै सुत्न नारीले नपाउने भनेजस्तो आयो ! +
अर्को प्रश्न - रजस्वला गर्दा किन पुरुषसँगै सुत्न नारीले नपाउने भनेजस्तो आयो ! +
रजस्वला भएको स्त्री शारीरिक रूपमा कमजोर हुन्छन्। शारीरिक रूपमा कमजोर नारीसँग यौन सम्पर्क गर्ने कुरा पातकी कुरा हुन्। त्यसैले सहबास नगर्नू भनियो+
फेरि रजस्वला भएको बेलामा संक्रमणको संभावना यसै पनि ज्यादा हुन्छ। रजोधर्ममा रहेकी नारीले यौन सम्पर्क गर्दा नारी मात्र हैन पुरुष पनि यौनजन्य रोगको शिकार हुन्छ्न भन्नेकुरा भारतीय डा अरविन्द मिश्रले एउटा बुलेटिनमा लेखेका थिए।+
जुनकुरा विज्ञानले हजारौं वर्षपछि पत्ता लगायो त्यो कुरा धर्मले हजारौं वर्ष अगाडिदेखि अभ्यास गर्यो।
अर्को प्रश्न निषेध होकि हैन भन्ने आयो - -
रजोधर्म- मासिक धर्म निषेध हैन निर्वाण हो। मुक्ति हो । रजस्वला अधर्म हैन धर्म हो। अपवित्रता हैन उच्च पवित्रता हो। +
अर्को प्रश्न निषेध होकि हैन भन्ने आयो - -
रजोधर्म- मासिक धर्म निषेध हैन निर्वाण हो। मुक्ति हो । रजस्वला अधर्म हैन धर्म हो। अपवित्रता हैन उच्च पवित्रता हो। +
नेपाली साहित्यका समालोचक-मिथक र संस्कृतिका एकजना प्रखर विश्लेषक राम लोहनी कामाख्याको बारेमा भन्छन्-‘कामाख्या देवी रजोवति हुँदा आउने रगतले तलको नदी रातो हुन्थ्यो भन्ने विश्वास अझै छ। त्यो रगत मिसिएको पानी पवित्र मानिन्थ्यो।+
अहिले, यद्यपि रातो त हुँदैन आफै, पनि निकासको पानीलाई पवित्र मानिन्छ।"
उनको यो टिप्पणीसँगै थप प्रष्ट के हुन सकिन्छ भने , कामाख्या देवि रजोवति हुँदा नदिमा बग्ने रातो पानी पवित्र मानिनु प्रतिकात्मक रुपमा - रजोवती स्त्रीको रगत आफैंमा अपवित्र हुदैन भन्ने अर्थ लाग्दछ ।+
उनको यो टिप्पणीसँगै थप प्रष्ट के हुन सकिन्छ भने , कामाख्या देवि रजोवति हुँदा नदिमा बग्ने रातो पानी पवित्र मानिनु प्रतिकात्मक रुपमा - रजोवती स्त्रीको रगत आफैंमा अपवित्र हुदैन भन्ने अर्थ लाग्दछ ।+
सॅगै लोहनी भन्छन्, ‘तन्त्रको एउटा पन्थमा रजश्वला स्त्रीको योनीबाट निस्कने रगतलाई पवित्र मान्ने प्रथा नै छ। पाटनको एउटा मूर्तिमा रजश्वला देवीको योनीमै मुख लगाइराखेको एउटा साधक देखिन्छ।’+