A thread on COVID19 vaccine:

कुनै पनि संक्रमण विरुद्ध भ्याक्सिन आविष्कार वा निर्माण गर्दा केही चरणहरु पार गर्नुपर्दछ। हरेक चरण पिच्छे भ्याक्सिन सुरक्षित रहे/नरहेको र प्रभावकारिताबारे वैज्ञानिक जर्नलमा प्रकाशन गरेर पारदर्शी छलफलमा ल्याउने सामान्य प्रचलन हो। १/n
रुसले तयार पारेको दाबी गरेको "स्पुतनिक V" भ्याक्सिन बारे हालसम्म पारदर्शी ढंगले न सुचना बाहिर ल्याईएको छ न लेख नै छापिएको छ।

भ्याक्सिन विकास गर्दा मान्छेमा अध्य्यन गर्नु पुर्व जनावरमा प्रयोग गरेर सुरक्षा र प्रभावकारीताको प्रारम्भिक अध्ययनलाई "प्रि क्लिनिक ट्रायल" भनिन्छ। २/n
उक्त चरण पार गरेर सम्बन्धित निकायको अनुमति पश्चातमात्रै क्लिनिकल ट्रायल सुरु हुन्छ।

Phase I र Phase II ट्रायलमा सिमित मानिसको सहभागीता (बढीमा केही सयसम्म) मा भ्याक्सिनको सुरक्षा र प्रभावकारिता (कोरोनाविरुद्द लड्ने एन्टिबडी बने/नबनेको ) अध्य्यन गरिन्छ । ३/n
सुरक्षित र प्रभावकारी देखिएमा मात्रै केही हजारको सहभागितामा Phase III ट्रायल सुरु गरिन्छ। Phase III ट्रायलको अन्त्यपश्चातमात्रै आमप्रयोगका लागि स्वीकृति दिइन्छ।
कोभिड भ्याक्सिन दौडमा अग्रणी अक्सफोर्ड, मोडर्ना, CanSino लगायत ८ भ्याक्सिन अहिले Phase III ट्रायलमा छन्। ४/n
प्रत्येक चरणपछी वैज्ञानिक लेख छापेर परिणाम सार्वजनिक गर्ने र छलफल हुने सर्वमान्य प्रचलन नै हो।
तर रुसले प्रयोगमा ल्याउने भनेको भ्याक्सिन "स्पुतनिक V" को बल्ल Phase III ट्रायल सुरु हुँदैछ। सुरक्षा र प्रभावकारीता बारे गरिने Phase I/II ट्रायलको रिपोर्ट पनि सार्वजनिक गरिएको छैन। ५/n
थोरै सहभागी संख्यामा गरिने Phase I\\II ट्रायलको आधारमा राजनैतिक प्रतिस्पर्धाको स्वार्थमा Phase III को रिसर्च अगावै आम प्रयोगको स्वीकृति दिनु जोखिमपूर्ण हुन्छ।

Phase III मा हजारौं सहभागीमा परिक्षण गरेपछी मात्रै भ्याक्सिनका दुर्लभ दुष्प्रभावहरु पनि थाहा हुन्छ। ६/n
त्यसो नगरी केही सयको संख्यामा मात्रै परिक्षण गरेर आम प्रयोगमा ल्याउँदा त्यस्ता दुर्लभ दुष्प्रभावहरु नजरअन्दाज हुन सक्छन्। र भ्याक्सिन विरोधी समुहहरुलाई थप बल पुग्ने जनस्वास्थ्य मै खतरा पैदा हुन सक्छ। ७/n
विकास भइरहेका भ्याक्सिन सबैले एकैतरिकाले काम गर्छन्?
सबै भ्याक्सिनको उद्देश्य कोरोनाभाईरस शरीरमा प्रवेश गर्नु अगावै हाम्रो प्रतिरोधात्मक क्षमतालाई भाइरसबारे पुर्व सुचित गराई भाईरसविरुद्ध लड्न एन्टिबडी पैदा गर्न तयार बनाउने हो। तर सुचित चाहिँ फरकफरक पद्धतिले गराउन सक्छन्। ८/n
पहिलो, मरेको वा कमजोर पारिएको भाइरसलाई हाम्रो शरीरमा इन्जेक्ट गरि हाम्रो प्रतिरोधात्मक क्षमता तयार गर्ने ।

दोस्रो, भाईरसको सानो अंशलाई हाम्रो शरीरमा इन्जेक्ट गरि प्रतिरोधात्माक क्षमता तयार गर्ने।
९/n
तेस्रो, कुनै सुरक्षित दोस्रो भाइरसलाई साधनको रुपमा प्रयोग गरि कोरोनाभाइरसको अनुवंशलाई मानव शरीरमा प्रवेश गराउने र उक्त अनुवंशले शरीरमा कोरोनाभाईरससंग सम्बन्धित पैदा गर्ने "प्रोटिन"ले प्रतिरोध क्षमता तयार राख्ने।
चौंथो,अनुवंशमै आधारित रहेर mRNA हाम्रो शरीरमा इन्जेक्ट गरेर। १०/n
रुसको ग्यामेलिया ईन्स्टिच्युटले प्रयोगमा ल्याउन स्वीकृति दिएको भ्याक्सिन तेस्रो विधिबाट "एडिनोभाईरस" लाई साधनको रुपमा प्रयोग गरि तयार पारिएको भ्याक्सिन हो। सोही विधीबाट नै तयार पारिएको CanSino र अक्सफोर्ड भ्याक्सिन पनि अहिले Phase III ट्रायलमा छन् । ११/n
Phase III मै रहेका अन्य भ्याक्सिनहरुमा Moderna भ्याक्सिन, फाईजर सम्मीलित जर्मन भ्याक्सिन चौंथो विधिबाट तयार गरिएको हो भने Sinopharma ले पहिलो विधीबाट तयार पारेको भ्याक्सिन परिक्षण गरिरहेको छ। १२/n
छोटो समयमा नै विभिन्न विधिबाट भ्याक्सिन तयार हुनु एकदमै उत्साहजनक। तर रुसले प्रचलित मान्यता कुल्चिनु सबैको लागि प्रत्युत्पादक हुन सक्छ
भ्याक्सिनको PhaseIII ट्रायल पुर्ण नहुँदै राम्रा सम्भावना रहेका भ्याक्सिनहरुको ठूलो परिणाममा उत्पादन भइरहेका छन् ताकि तु वितरण गर्न सकियोस् १३/n
GAVI ले गरिब राष्ट्रहरुको पनि भ्याक्सिनमा पहुँच होस् भनेर पहल गरिराखेको भए पनि त्यो पुर्ण रुपमा सफल नहुन सक्छ। नेपाल आफैंले पनि पहल गर्नु उचित हुन्छ। विशेषगरी भारतमै ठूलो परिणाममा "अक्सफोर्ड भ्याक्सिन" उत्पादन भइरहेकाले त्यसतर्फ उचित पहल गर्नु हितकर हुन्छ। 🙏 n/n
You can follow @thesumanacharya.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: