१. आजै (या हीजै) समाज र राजनीति नेतृत्व गर्छु भन्नेले, विचारनिर्माण गर्छु भन्नेले, भारतले पेश गरेको उदहारणको खिलाफ नेपालमा धर्मकर्म-राजनीतीको मिसावट गलत मात्र होइन घातक हुनेछ भन्नुपर्छ/पर्थ्यो । यो मेरो विचार ।
(लहरा THREAD)
https://himalkhabar.com/news/116795 ">https://himalkhabar.com/news/1167...
(लहरा THREAD)
https://himalkhabar.com/news/116795 ">https://himalkhabar.com/news/1167...
२. ६ डिसेम्बर १९९२मा बाबरी मस्जिद ध्वस्त गरिए लगत्तै भारतमा दंगा फैलियो, बाङ्लादेश र पाकिस्तानमठ–मन्दिरहरूमाथि हमला भयो। तर अयोध्याबाट सीधा दूरी १०० किमी मात्रमा रहेको खुला सिमानापारिको नेपालमा भने हिन्दू–मुस्लिम विग्रह सल्किएन, नेपाली सोच र सौहार्दताले अमनचयन कायम राख्यो ।
३. जब धर्म र राजनीतिलाई मिसाएर भगवान या संस्कारको नाममा भोट मागिन्छ, लोकतान्त्रिक मूल्य गुम्न जान्छ र समाजको सबैभन्दा कमजोर तप्कालाई असुरक्षित बनाउँछ, भारतमा ‘राम नाम हिन्दूत्व’ ले आज जसरी गरिरहेछ।
४. अफगानिस्तानको बामियानमा रहेको बुद्ध मूर्ति तालिवानले पड्काएको जत्तिकै मार्मिक कार्य हुनपुग्यो, बाबरी मस्जिदको अवसान।
५. भारतमा चलेको हिन्दूत्व अभियानले हिन्दुधर्मलाई ‘मोनोथेइस्टिक’ बनाउन खोजेको भान हुन्छ - पन्थ, तप्का, समुदाय र क्षेत्रको विविधता र अन्तरसम्बन्ध, आध्यात्मिकदेखि कर्मकाण्डी उर्वरताको बेवास्ता गर्दै ‘इब्रहामिक’ धर्म जस्तै श्यामश्वेत स्वर्ग–पातालको विश्वास जनमानसमा प्रसारित हुँदैछ।
६. नेपालमा धर्मको कर्म भनेका आजैसम्म पनि यहाँको विभिन्न समुदायको ऐतिहासिक उत्पत्ति र सांस्कृतिक पहिचानसँग संबन्धित छ, जबकि भारतमा भने पत्यार नै नलाग्ने गरी विगतको विविधता बिर्सिने गरी आज एकल श्रीराम पेश हुँदैछन्।
७. प्नम केपी ओलीले भानुजयन्तीको अवसरमा वास्तविक अयोध्या चितवनको ठोरीमा पर्छ भन्नु एउटा मिथ्यालाई अर्काे मिथ्याले साट्ने प्रयत्न थियो । उन्को मुख्य भूल भूराजनीतिक थियो, ‘रामजन्मभूमि& #39;लाई आधारशिला मान्ने भारतको प्रमुख राजनीतिक शक्तिलाई चुनौती दिएर नेपालको खतराको सूचीलाई बढाउने काम ।
८/८. नेपाली शासक हुन् वा आम जन, यो मुलुकमा अमनचयनका साथ प्रगतिको बाटोमा हिंड्ने हो भने नेपालीले आ–आफ्ना धर्म र पन्थ आफ्नै ढाँचामा अपनाउन्, र दक्षिणको साम्प्रदायिकताको हावा खुला सिमानाबाट यतातिर (नबहोस्।
लहरा अन्त्य/END THREAD)
लहरा अन्त्य/END THREAD)