1.पोहोर साल, मा भाषा सिकेर अफिस जाने क्रममा बबरमहल बाट जडीबुटी तिर जाने बसमा चढ्न पुगेँ। खाली खाली नै थियो, तल पट्टी रातो गलैँचा जस्तो ओच्छ्याईएको थियो। सुरुमा त खासै अरु केइ याद गरिन तर झट्ट आखा ड्राइभरको सीटमा पुग्यो। महिला चालक हुनुदो रहेछ। त्यसपछि, भाडा उठाउने पनि दिदी।
2.आहा, अब त स्टोरी कभर गर्नै पर्छ जस्तो लाग्यो। ओरिपोरी हेरेँ, बस कस्तो चित्तिक पारेर राखेको, dustbin पनि थियो। महिला भएपछि सफा राख्छन् भन्नु हुन्थ्यो मम्मी ले, हो रैछ भन्ठाने। दिदीलाई बोलाउँ कि नबोलाउ भनेर एकछिन अल्मलिएँ, तर अहँ, आज बोलिन भनी फेरि यो समय फर्केर आउँदैन र यो बस।
3. अन्तत, गफ गर्न थालियो!
4.नाम थर केइ सोधिन, खुसीले सबै बिर्सिएँ, किन सोध्नु हुन त, कर्मले न हो दिदीलाई चिनेको जस्तो नी लाग्यो। अरु केही भन्न सकिन, दिमागमा के के प्रश्न हरु आफै उठ्न थाले। मैले भिडियो खिचिरहेको देखेर एकजना आमा आफ्नो सीट बाट उठेर, "मा या बसुम नानी" भनेर सोध्नुभो। हुन्छ, बस्नु न भने।
5. अनि सुरुभयो, दुई पुस्ताहरुको गफ, जुन साँच्चिकै नै अच्चमको विषय वस्तुमा हुँदै गयो।
महिलाको प्रतिनिधित्व बाट सुरु हुँदै कुरो अब गर्वपात र पुरुषको संलग्नता मा पुग्यो। आफ्नो ज्वाइँले बुझेर नै छोरी भएपनि खुसी भाको रे, "पुरुषले बुझेर", ", मेरी छोरीले मलाई सबै भन्दा बढी हेरचाह गर्छे तर छोरा हरू पनि समझदार छन् रे!
आमा त्यसपछि हास्दै हास्दै कोटेश्वरमा ओर्लेर जानुभयो। २२ वर्षकी थिएँ, घर व्यवहार खासै बुझिँदैन, तर पनि सोच्न बाध्य भए, पुरुषको साथले आज दिदीलाई बसमा त्यसरी गरीखाने बाटो आएको छ, आमाको ज्वाइँलाई छोरा छोरी समान लाग्छ। महिलालाई पुरुषको उत्तिनै साथ चाहिन्छ जति पुरुषलाई महिलाको।
8.हामी अहिले महिला/ पुरुष एक अर्काको कमी कमजोरी निकाल्न, फेमिनिस्ट र anti दुनिया भरी को नारा लगाउन, एकले अर्काको खुट्टा तान्न मा यति व्यस्त छौ की यस्ता हजारौं दिदी र आमा हरू जसको घर मा महिला को कुरा सुनिन्छ, महिलालाई अगाडि बढ्न दिइन्छ, यस्ता विषय वस्तुहरू त माथि आउनै दिदैनौं!
आजको यो ट्वीट मार्फत, धन्यवाद ति सारा पुरुषहरुलाई जसले आफ्नो घरमा, समाजमा, सामाजिक बाँधहरू फुटाएर महिला सदस्य हरुलाई हौशला दिए, विश्वास गरे, खुल्ला रुपमा उड्न दिए जसले गर्दा बोल्न नपाएका ति आवाजहरू आज कथा मार्फत सुनिन्दैछन। Dear men who are deserving, we don& #39;t thank you enough!