जब जब घर को याद आउँछ, फर्केर यही बर्खे तस्बिर हेर्न मनलाग्छ। कुनै समयमा विरक्त लाग्दा पनि यही हेर्न पुग्छु। श्रावण कै महिना थियो पोहोर साल, बरण्डामा बसिरहेकी थिए, हाम्रो पोखरीको डिलमा बस्ने सतारहरुको कान्छो सदस्य हरियो कट्टु लाएर हाम्रो आँगनमा आए-
पानी अली कम कम भइसकेको थियो तर रोकिएको थिएन। म माथि बाट हेर्दै थिएँ, कलिलो अनुहार र हात भाको यो सानो मान्छे ले एकछिनमै हाम्रो आंगन को कच्चु काट्न थाले। एकछिन त "किन आको भाइ, घर जा " भन्न मानलग्यो तर अहँ, भनिन।
पहिलो लट काटेर केटो हिँड्यो, एक त अर्धनग्न, न छाता नै छ, म चै बाछिटा आयो भनेर मुर्मुरिदै थिएँ माथि, नमिट्ठो किसिमको आत्म चेतन भयो, यो फेरि आयो भनी पैसा दिन्छु भनेर तल गए।
केटो आयो, फेरि सुइसुई काम गर्न थाल्यो, तल गएर किन आको पानी मा भनें, "आमाले पठको " भन्यो। पैसा लेर जा, यो नकाट भन्दैथिए, कुरै नसुनी काम गर्न थाल्यो, किन हो, त्यै सँगै भिजिरहे, इनिष्टा स्टोरी मा कभर गर्छु भनेर खिचिरहे तर मन हल्का भएन। लुगा दिन्छु, लाउँछस् भनें-
केही गर्दा मानेन, यै कच्चू बोकेर गयो। म एकछिन त्यही बसिरहेँ, सोचे, कत्ति भाग्यमानी रहेछु, एउटा फुच्चे ले मेहेनतको अर्थ बुझैदियो, समय र परिस्थतिले खुसी हुन बाट रोक्दैन रहेछ। आज ऊ संग सांसारिक सुविधा नहोला, तर म भएको मान्छे भन्दा खुसी त उ रहेछ।
हरेक दिन, म यही आत्म सन्तुष्टि संग लडिरहेकी हुन्छु, केही गरेर खाना सक्दिन , कसैलाई सुख दिन सक्दिन जस्तो लाग्छ अनि फेरि यही दिन सम्झन्छु, घर- यो भाइ-श्रावण को एक दिन र छोटो समयको त्यो गहिरो सीख।
https://abs.twimg.com/emoji/v2/... draggable="false" alt="❤️" title="Rotes Herz" aria-label="Emoji: Rotes Herz">