अन्तराष्ट्रीय सगरमाथा दिवसको शुभकामना सबैलाइ ।
६७ वर्ष अघि आजकै दिन एड एड्मन्ड हिलारी र तेन्जिंग नोर्गे शेर्पाले बिश्वकै अग्लो चुचुरो चढेकाथिए ।
सगरमाथा सफल आरोहणको समाचार आरोहणदल संगै रहेका & #39;दि टाइम्स& #39; का सम्बाददाता जेम्स मरिसनले नाम्चेमा रहेका भारतिय वायरलेस अपरेटरलाई झुक्काएर बडो चलाखीपुर्वक बेलायत पठाएका थिए ।
सगरमाथा आरोहणको खबर भारतिय मिडियाहरुले बेलायतीहरु भन्दा पहिले थाहा नपाउन् भनेर मरिसनले काठमान्डौस्थित बेलायती दुताबासका कर्मचारीहरुसंग मिलेर & #39;कोड& #39; तयार गरेकाथिए ।
सगरमाथाको आरोहण पुष्टि हुने बित्तिकै मरिसनले सन्देश दिएर आफ्ना रनरलाई नाम्चे दौडाए । सन्देशमा लेखिएको थियो - Snow conditions bad stop advanced base abandoned yesterday stop awaiting improvement.
भारतिय अपरेटरले यो सन्देशमा महत्वपुर्ण कुरा केही नपाएर आफ्ना हाकिमहरुलाइ खबर नगरी बेलायती दुतावास सन्देश पठाइदिए । पहिले नै तय गरे अनुसार
& #39;Snow conditions bad& #39; को अर्थ सफल आरोहण हुन्थ्यो भने, & #39;advanced base abandoned& #39; को अर्थ हिलारी र stop awaiting improvement भन्नले तेन्जिंग ।
& #39;Snow conditions bad& #39; को अर्थ सफल आरोहण हुन्थ्यो भने, & #39;advanced base abandoned& #39; को अर्थ हिलारी र stop awaiting improvement भन्नले तेन्जिंग ।
सन् १९५० मा तिब्बतमा चीनको गतिबिधी पछि नेपालको उत्तरी सिमामा खोलिएका १८ चेकपोस्ट मध्ये एक थियो नाम्चेको पोस्ट । १७ वटा बन्द गरिए पनि कालापानीमा अझै भारतिय नियन्त्रण छ ।