यो समाचार पढ्दै गर्दा अस्ति भर्खर चेतेश्वर दाजुले लक डाउन अगाडि जाँड खाँदै गर्दा आफ्ना केही अनुभव हरु सुनाउनु भएको थियो! त्यसलाई जस्ता को तस्तै उतार्ने प्रयास गर्छु!
दाजु भन्नु हुन्छ!
हेर तपेन्द्रे यो मुला देश मुद्दा भजाएर साखुल्य पल्टिने अनि फाइदा लिने मान्छे भएको देश हो! https://twitter.com/PahiloPost/status/1265884269311700992">https://twitter.com/PahiloPos...
दाजु भन्नु हुन्छ!
हेर तपेन्द्रे यो मुला देश मुद्दा भजाएर साखुल्य पल्टिने अनि फाइदा लिने मान्छे भएको देश हो! https://twitter.com/PahiloPost/status/1265884269311700992">https://twitter.com/PahiloPos...
यो देशका मुजी हरुलाई लिपुलेक कालापानी देख्छ ! त्यहाँको आसपासको जनता देख्दैन! माटोमा राष्ट्रवाद ठनकिन्च! जनता को दुःख पिर मर्का मा लत्रिन्छ! त्यहाँ बस्ने के सोच्छन् कसरी बाँच्छन् दैनिकी के! के चाहिन्छ मतलब हुन्न! त्यो लिपुलेक को माटो भजाएर कति हिरो बन्छन लाइट मा आउँछन् हेर्दै गर!
जस्तो कि गरीब को महिला को दलितको मुद्दा भजाएर हिरो पल्टिने जस्तै नेता बन्ने अनि! अनि मुद्दा समस्या अपहरण गर्ददिन्छन्!
तलाई के लाग्छ भन त? त्यही कालापानी लिपुलेक का जनता के होला अवस्था? कस्तो होला? के सोच्लान् ? कसरी चल्छ होला दैनिकी?
तलाई के लाग्छ भन त? त्यही कालापानी लिपुलेक का जनता के होला अवस्था? कस्तो होला? के सोच्लान् ? कसरी चल्छ होला दैनिकी?
मेरो आफ्नो बुझाई अनुसार को जवाफ - हाम्रो पहाड तिर जस्तै होला नि दुःख होला! खेत बारी मेला पात! पल्लो डाँडा मा स्कूल ! नागरिकता लिन जाने ठाउँ को कच्ची मोटर बाटो!
चतेश्वर दाजुले पिच्च थुके ! मलाई मेरो जवाफ सुनेर मुखमा थुक्न नसकेर भुइँमा थुके की भन्ने डर लागेको थ्यो! सुर्ती थुकेका रचन! चेतेश्वर दाजु हक्की छन् थुक्न पनि सक्ने हुन! ब्रम्ह ले देखेको बोल्छन! धन्न ! जोगिए म!
दाजु त्यति भन्दै अलिक स्यानो स्वरमा भने तेरो हाम्रोमा सदरमुकाम जाने कच्ची बाटो त छ मुजी! सोच त जाबो एक थान नागरिकता बनाउन अर्को देशको बाटो दुनियाँ हात जोड्दै दुनियाँको हेपाई सहँदै जी जी गर्दै जानु पर्ने भएको भए के गर्ने थिस्? च्तेश्वर दाजुको आवाजमा आक्रोस महसूस गरे यतिखेर!
सुन जाठा त्यो छाङ्रु सम्म पुगेको छु! कम्ता दुःखले पुगेको होइन!
मेरो प्रश्न - घुम्न जानु भो दाई?
हैन मुजी पैसा खर्च गरेर त्यहाँ जान्छ कोही? उतिबेला मोबाइल सेक्टरमा काम गर्दा पैसा कमाउन गएको!
मेरो प्रश्न - घुम्न जानु भो दाई?
हैन मुजी पैसा खर्च गरेर त्यहाँ जान्छ कोही? उतिबेला मोबाइल सेक्टरमा काम गर्दा पैसा कमाउन गएको!
बुडा एक समय टेलिकम सेक्टरमा पैसा कमाउँछु भनेर ज्यान दिएर लागेका थिए! पछि हार मानेर खेतीपाती मा लाग्छु बरु किराना गर्छु भनेर छोडे ! के कसो चाहिँ डिटेल मा सोध्दैन मैले! झोक्किए भने दारु खुवाउदैन्न् फेरि भनेर!
दाजु दुई घुट्की भोड्का खाएर चुरोट सल्काउदै भने ! व्यास को अन्त्यतिर छ छाङ्ग्रु ! कालापानी भन्दा वरै ! तैंले देखेको देश को सीमा भन्दा ओरै ! त्यहा CDMA टावर को सामान फेर्न गएको थिए ! त्यो बेला देखी त्यो ठाउँ उतै ठिक झै मान्छु! यस्तो मुला देश को नागरिक हुनु !
चेते दाजु ले आँखा लाल बनाए! त्यो ठाउँ जान आफ्नो देश भएर जाने हिड्ने गतिलो बाटो छैन! हिड्ने भन्दै छु म मुजी! मोटर नसोच! बर्खामा है! हिउँदमा जिन तीन पैदल जान सजिलो होला! काली पारी मोटर बाटो वारी हिँड्न मिल्ने सजिलो बाटो छैन! सामान लैजान सकिन मैले आफ्नो देश भित्र! त सोच अब जनताको!
पारी बाट गाडीमा जान पाए एक दिनमा पुग्थे होला! वारी बाट जान परे ५ दिन जति हिँड्न पर्ने! प्रशासन लाई चिठी लेख्न लगाए यस्तो सामना भनेर पारीकाले कता चैना मा बनेको मोबाइलको उपकरण यो त्यो भनेर गन गन गर्न थाल्यो! बाटोमा चेक पोष्ट पिच्छे दुःख दिन्छन् भनेर सुनाए यताका ले फेरि! लौ त भने!
तँ आफै सोच त तपेन्द्र म त एक पटक को काम हुँदै नभएको बाटो दुःख सुख गरेर सामान पुर्याए ! ती छाङ्रुका मान्छेको दैनिकी? आफ्नो सदरमुकाम जान पारी जाऊ कागज बनाऊ! दश ठाउँमा चेक जाच दुःख कष्ट हेपाई पेलाई! हिड्ने बाटो समेत पहिरोले लगेको छ! बडो कडा रच् फेरि त्यता चेक जाँच! यस्तो मुजी देश
चेतेश्वर दाजु कड्किए! अनि हाम्लाई चाहिएको छ कालापानी लिपुलेक ! भाको त्यही छाङ्रू को मान्छेको दुःख कष्टको मतलब छैन! तर काठमाडौंमा बस्यो! लिपुलेक भन्यो! कालापानी भन्यो! जनता को दुःख दुख्नु पर्दैन? खाली जमीन मात्र दुख्ने?
मैले चेतेश्वर दाजु यतिको सिर्यस कहिले देखेको थिईन!
मैले चेतेश्वर दाजु यतिको सिर्यस कहिले देखेको थिईन!
सुन तपेन्द्र तिनको नून देखि घुन सम्म भारतको भर! छाङ्ग्रू देखि माथि डाँडामा एउटा सिडिएमए को टावर लगाएको रच्न! कतै कतै टिप्ने रच्! धन्न त्यति चाहि गरेका रचन! त्यो नि एक पटक बिग्रिए बनाउनु कति दिनमा जाने! नेपरो जस्तो ४ जना पुलिस बस्या हुन्छ्न हाम्रो! सामान्य सुविधा छैन!
तँ मुला सोच नागरिकता जस्तो खास्टो लिन अर्काको देश हुँदै गुहार्दै आफ्नो मुकाम जानु पर्ने! तिनले के आधारमा देश भन्ने? किन भन्ने देश? तिनको दुःख कष्ट तँ हामी देख्छम भोली उस्तै सनक चडे सुरक्षाको कारण देखाई आवतजावत रोक्दिन्छ! अनि हिँड बाटै बाटो! तिनलाई दार्चुला भन्दा धार्चुला नजिक छ!
त्यतिखेर बाटो धमाधम बनाउँदै थिए भारत तिर माथि लेक सम्म जाने! खन्दिए भने हाम्रो तिरको मान्छेलाई पनि केही कम हिँड्न पर्ला बरु! तँ हाम्लाई माटो दुख्यो हेर जनता कहिले दुखेन! माटो रच् देश भनेको तँ हाम्लाई! जनता जावा त आफू मात्र! १२ वर्शमा एक पटक काल्पानि भन्यो! माटो प्रेम देखायो!
चेते दाजु एकदम रणकिएका थिए त्यतिखेर! अहिले सम्झन्छु धन्न बाटो बनाई सकेच्ण! केही भएनी सजिलो होला नेपालीलाई! नागरिकता लिन जान कम हिँडे पुग्छ होला अब अर्काको देश हुँदै है! आफूलाई लाज लाग्यो! कालापानी हाम्रो हो भनेर कराउन सक्यौ! जनता तिनको दुःख पीडा कम गर हेर भनेर कराउनु बिर्स्यौ