जस्को बाल्यकालनै भारतमा काम गरेको कमाइबाट चल्यो तिनै साथीभाइले ऐले चाइ उताबाट आउनेलाइ कोरोना बम देख्छन देख्ने मात्र हो र सामाजिक सन्जालमै प्याच्च भन्दिन्छन । उइ बेला यो कोरोना आएको भए र तिम्रा आफ्ना उता फसेको भए थाहा पाउथ्यौ भन्न मन लाग्छ तर छुच्चो हुन सक्दिन, विरक्त लागेर आउने ।
एक समय थियो सुदुरपस्चिम मान्छेको ( अझ पहाडी जिल्लामा)एक घर एक भारत जत्तिकै हुन्थे , झापामा एक घर एक खाडी जस्तै नि देखियो ऐले यो संकटमा हेर्ने दृस्टिकोण नि मजाले देखियो । काठमाडौमा डेरावालालाइ गरिएको व्यवहार नि देखियो। यो मुजी सन्सार सबैतिर यस्तै स्वार्थी हो कि हामी अलि बढी हो ?
हामिलाइ प्रसस्त क्वारेन्टाइन चाइने तर आफ्ना टोलमा नचाइने , हाम्लाइ स्वास्थ्यकर्मी चाइने तर आफ्ना घरा बस्नेले घर आउन नपाउने , हाम्लाइ भाडा टाइममै चाइने तर त्यो मान्छे लकडाउनमा काममा जान नपाउने । हाम्लाइ कन्ट्याक्ट ट्रेसिङ चाइने तर कन्ट्याक्ट नभएनी आफ्नो पिसिआर रिपोट चाइने। खुइय
यतिखेर घरबाट टाढा भएका अझ भारत र खाडीमा बेरोजगार बस्न परेका र तिन्का परिवारले व्यहोर्नपरेको मानसिक पीडा पनि कम छैन ।विदेशिएका श्रमिक र तिन्को कमाइमा मात्र भर परेका तिन्का आफन्तलाइ एक अर्काको चिन्ता र रोगको डर त छैन नै बेरोजगारीले निम्त्याएको तनाव नि भयावह छ।
रोगको डर छ नै *
You can follow @bk_sangram.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: