**कच्चा तेलको मूल्य घट्नाले नेपाललाई पर्ने असर**

१/ न. अमेरिकी बजारमा कच्चा तेलको मूल्य नकारात्मक भएको छ । West Texas Intermediate (WTI) भनिने तेलको मुख्य सूचकाङ्क (यस्ता बजार सूचक अरू पनि छन् जुन नकारात्मक भएका छन्) -३७.६३ डलरमा बन्द भएको छ ।
२/ न. यो मूल्य भनेको मंगलबार म्याद सकिने एक महिने फ्यूचर एक किसिमको वित्तीय उपकरण को मूल्य हो । लामो म्याद भएका यस्ता उपकरणको मूल्यमा पनि भारी गिरावट आएको छ तर नकारात्मक भइसकेको भने छैन ।
३/ न. मूल्य नकारात्मक हुनु भनेको तेल क्रेता वा प्रशोधनकर्ताको मा तेल भण्डारण गर्ने क्षमता नहुनु हो । अर्थात अहिले भण्डारण गर्नको लागि मात्रै भएपनि तेल विक्रेताले उल्टै पैसा तिर्नु पर्ने अवस्था हो भन्न सकिन्छ।
४/ न. यस्तो अवस्था आउनको मुख्य कारण कोरोना लगायतका कारणले तेलको मागमा भारी ह्रास आउनु तर तेल उत्पादक हरुले उत्खनन जारी राख्नु हो । अहिले उत्खननको दरमा कमी आए पनि बजारमा माग नहुँदा भण्डारण क्षमता भन्दा बढी तेलको 'भौतिक' मौज्दात रहन गएको अवस्था हो ।
५/ न. यसको मतलब आजै रक्सौल लगायतका नाका बाट आउने तेलको मूल्यमा तुरुन्तै घट्ने चाहीँ होइन । यसै पनि कच्चा तेलको मूल्य जतिले घट्यो त्यो भन्दा कमले मात्र प्रशोधित तेल (हामीले प्रयोग गर्न मिल्ने) को मूल्य घट्छ । तर मूल्यको सामान्य दिशा घट्दो क्रममा रहेको पक्कै हो ।
६/ न. त्यसो भए नेपाली अर्थतन्त्रमा यसको असर के पर्छ त?

पहिलो हाम्रो आयातको मूल्यमा सकारात्मक असर पर्छ । नेपाल तेलमा हामी पूर्णतः पर निर्भर रहेकोले तेल हाम्रो आयतको प्रमुख हिस्सा हो (हुन त हालका वर्षहरूमा तेलको आयातको मूल्य समग्र आयातमा तेलको हिस्सा कम हुँदै गएको थियो) ।
७/ न. मूल्य कम हुँदा हाम्रो आयात बापत तिर्नु पर्ने रकम कम हुन्छ । यसले गरेर हाम्रो चालु खाता र शोधान्तर बचतको अवस्थामा पनि सकारात्मक सुधार हुन्छ । हाल चालु खाता १.२५ खर्ब र शोधान्तर बचत ३७.९ अर्ब छ । यी दुवैमा सुधारको अपेक्षा गर्न सकिन्छ ।
८/न. अर्को असर भनेको मुद्रास्फीतिको दरमा सकारात्मक दबाब हो । तेल हामीले उपभोगगर्ने गैर खाद्य बस्तुहरूमा प्रमुख मध्ये एक भएकोले घट्दो मूल्यले मुद्रास्फीतिलाई तोकिएको सिमा भित्र राख्न आर्थिक नीति निर्माताहरूलाई सहज हुनेछ । २०७७ फाल्गुण महिना सम्म वार्षिक मुद्रास्फीति ६.७०% रहेको छ।
९/न. घट्दो तेलको मूल्यको अप्रत्यक्ष असर विप्रेषणमा पर्ने देखिन्छ।नेपाली कामदार जाने मध्यपूर्वका देशहरूको अर्थतन्त्र तेलमा निर्भर रहेकाले मूल्यमा आएको गिरावटले नकारात्मक असर पर्दछ।उनीहरूले गर्ने नयाँ लगानीमा ह्रास आउँछ जसले गरेर नयाँ कामदारको मागमा वा अहिलेको काममा कमी आउन सक्छ ।
१०/१० अहिले त्यहाँ रहेका वा श्रम स्वीकृती लिएका तर कोरोनाको कारण जान नपाएका श्रमिकहरूलाई पनि असर गर्दछ । तसर्थ यसले भविष्यमा समग्र विप्रेषणको प्रवाहमा अझ नकारात्मक प्रभाव पार्ने देखिन्छ । यो आ.ब.को पहिलो ८ महिनामा १.८% ले वृद्धि भएको विप्रेषण आगामी वर्षमा कम हुने देखिन्छ ।
You can follow @bishalkchalise.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: