कोरोनाभईरस महमारिको बेला हामी सामाजिक सञ्जाल प्रयोगकर्ता (विशेष गरि ट्विटे)को सरकार/समाजबारे धारणा आम जन सँग कतिको मेल खान्छ ?
ट्विटरमा हामी जति 'सिनिकल' छौँ, के आम नागरिक पनि त्यतिकै छन त ?
एउटा आँखा खोलिदिने मत-सर्वेक्षण सम्पन्न भएको रहेछ।
सायद भोली बिहान सार्वजनिक हुन्छ।
Preliminary Notice from Sharecast, the survey organisation (thread):
१: अधिकांश नेपालीलाइ कोरोना भाइरसको संक्रमण कसरी हुन्छ र यसबाट कसरी जोगिने भन्ने थाहा छ ।
२: अधिकांशलाइ कोरोना भाइरसको लक्षणका बारेमा थाहा भएको र धेरै भ्रम नभएको तथ्यांकले देखाउँछ ।
३: करिब २/३ जनसंख्या डर र त्रासमा बाँचेका छन् । खुल्ला सिमाना, विदेशबाट फर्केका व्यक्ति आफ्नो समुदायमा धेरै भएको र उनीहरु क्वारेन्टाइनमा नबसेको तथा उपचारका लागि सुविधा सम्पन्न ठाउँको अभाव भएकाले कोरोनाबाट डराएको उनीहरुले बताएका छन् ।
४: धेरैले रेडियो, टेलिभिजन, सामाजिक संजाल, साथीभाइ तथा परिवारका सदस्य कोरोनाका बारेमा थाहा पाउने सुचनाको मुख्य श्रोत भएको बताएका छन् ।
५: नेपाल सरकारले कोरोना संक्रमणको रोकथामका लागि हाल गरेका कामबाट आफू सन्तुष्ट रहेको अधिकांशले बताएका छन् ।
You can follow @KanakManiDixit.
Tip: mention @twtextapp on a Twitter thread with the keyword “unroll” to get a link to it.

Latest Threads Unrolled: